७१ किलो लागुऔषधसहित २ जना पक्राउ

हेटौंडा, हेटौंडाबाट ७१ किलो लागुऔषध गाँजा सहित २ जना पक्राउ गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्के स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा प्रहरीले ठुलो परिमाणको लागूऔषध बरामद गरेको हो ।

ADVERTISEMENT

मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नंबरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा मकवानपुर राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षिय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षिय दावा थिङलाई गाँजा सहित पक्राउ गरिएको हो ।

उनीहरुले गाडीको चालक बस्ने सिट मुनी लुकाई छिपाई गरी राखी ल्याईएको अवस्थामा ७१ किलो ७ सय ग्राम लागूऔषध गाँजा फेला परेको हुदाँ उक्त लागूऔषध, पिकअप गाडी सहित निजहरु घलान र थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya