चौघडा सहकारीको १६ औँ साधारणसभा

हेटौडा, हेटौडा ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा शनिवार भएको छ । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विजयकुमार श्रेष्ठको सभाध्यक्षतामा साधारणसभा भएको हो ।

सभामा संस्था अध्यक्ष श्रेष्ठले संस्थागत प्रतिवेदन, सचिव अर्जुनप्रसाद हुमागाईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शुभद्रा कोईरालाले आर्थिक प्रतिवेदन र लेखा सदस्य कृष्णबहादुर मानन्धरले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा विभिन्न विधामा उत्कृष्ठ शेयर सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । असली बचतकर्तातर्फ अनिता लम्साल, असली ऋणीतर्फ शर्मिला सापकोटा, ज्येष्ठ शेयर सदस्य गोमा न्यौपाने, एकैदिन जोडी सदस्य बन्ने विश्वराज न्यौपाने र शुभद्रा पुडासैनी, उत्कृष्ट कर्मचारी रमा देवकोटा र संस्थापक शेयर सदस्य चन्द्र बहादुर मानन्धरलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।

सभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, मकवानपुरगढी ७ का वडा अध्यक्ष सूर्यबहादुर रुम्बा, हेटौडा ६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई, संस्थाका संस्थापक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, हेटौडा उपमहानगरपालिका उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका सञ्चालक सदस्य हिमाल पौडेल, नौलो विहानी कृषि सहकारी अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, गरिबी निवारण साकोसका अध्यक्ष कृष्णप्रसाद सापकोटा, टोल विकास संस्था वडा समन्वय समिति हेटौडा ६ का अध्यक्ष बासुदेव खतिवडा ,कामधेनु बहुउद्देश्यीय सहकारीका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

२ हजार ९ सय १५ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूजीँ २ करोड ८८ लाख निक्षेप ३१ करोड ३७ लाख र कर्जा लगानी २९ करोड ७७ लाख रहेको व्यवस्थापक दीपा श्रेष्ठले बताईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button