हेटौंडा ३ बालमैत्री वडा घोषणा गरिने

हेटौंडा/हेटौंडा उपमहानगरपालिकाको ३ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । ३ नम्बर वडा कार्यालयको आयोजनामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अवलम्वन तथा घोषणा सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रम भएको छ ।

ADVERTISEMENT

२०८० असोज मसान्तभित्र यस वडालाई बालमैत्री घोषणा गर्न सर्वपक्षीय प्रतिबद्धता आएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाको महिला तथा वालवालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, वडा अध्यक्ष ढलकबहादुर थापा, प्रशिक्षक विष्णुप्रसाद चौवे, वडा सदस्य एवम् सम्पर्क व्यक्ति सविना विडारी, वडा सचिव महेन्द्र चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा राजनीतिक दल, स्वास्थ्य संस्था प्रमुख, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, महिला स्वास्थ्य स्वयम्सेविका, बाल क्लवका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उनीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya