मानव बेचविखन बिरुद्धको सचेतनामुलक कार्यक्रम

हेटौंडा, मनहरी गाउँपालिकाले मानव बेचविखन बिरुद्धको सचेतनामुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार गाउँपालिकाले ९ वटै वडाका विद्यार्थीहरुलाई सचेतनामुलक प्रशिक्षण दिएको हो । कार्यक्रमका प्रशिक्षक राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशका निमित्त कार्यालय प्रमुख उपसचिव पवन कुमार भट्टले प्रशिक्षण दिनुभएको हो।

ADVERTISEMENT

मानव अधिकार तथा मानव बेचबिखनका घटना र यसबाट जोगिन नागरिकले जान्नु पर्ने कुराहरुको विषयमा जानकारी दिँदै प्रशिक्षक भट्टले आफ्नो टोल छिमेकमा यस्ता घटना हुन सक्ने भन्दै चनाखो रहन आग्रह गर्नुभयो । नागरिकको नजिकको सरकार भएकाले स्थानिय सरकारले यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गमा अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाई छ ।

सामाजिक विकास समितीका संयोजक अनन्त प्रकाश अर्यालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदिको प्रमुख आतिथ्यता रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा १ नं वडाध्यक्ष शिव खनाल , मानव अधिकार आयोगका स्थानिय पदाधिकारीहरु र सयौँ विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya