चन्द्रोदय माविका विद्यार्थीलाई न्यानो कपडा

हेटौंडा, हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा नर्सरी देखि १ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

ADVERTISEMENT

चन्द्रोय विद्यालयका पूर्व विद्यार्थी (२०५७/५८ ब्याच) ले १०० थान स्वेटर वितरण गरेका छन् । विद्यालयको ५९ औँ बार्षिक उत्सबको विविध कार्यक्रम चलिरहेको अवसरमा पूर्व विद्यार्थीहरुले आफु अध्ययन गरेको विद्यालयलाई सम्झेर न्यानो कपडा बितरण गरिएको हो ।

पूर्व विद्यार्थीहरूको तर्फबाट सुशील पौडेलले विद्यालयमा अध्ययन गरेर विभिन्न पेशा ब्यवसाय गरि बसिरहेका विद्यार्थीहरु मध्य चार जना (राजु अधिकारी , प्रतिमा श्रेष्ठ , सन्तोष घिमिरे र यज्ञ बहादुर राय ) आसन्न मकवानपुर उधोग वाणिज्य संघको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वार रहनु भएकोले उहाँहरुलाई विजयको शुभकामना व्यक्त गरेका थिए । उनले आगामि दिनहरुमा सबै पूर्व विद्यार्थीहरु समेटेर बृहत कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी प्रतिमा श्रेष्ठले आफुले क खरा सिकेको विध्यालयमा अग्रज पूर्व विद्यार्थीहरुले सहयोगको कार्यक्रम राखेर आफुलगाएत मकवानुर उद्योग वाणिज्य संघमा उम्मेद्वार रहेका पूर्व विद्यार्थीहरुलाई सम्झेर शुभकामना एवम् आशीर्वाद प्रदान गर्नु भएकोमा धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा पूर्व विद्यार्थी सन्तोष घिमिरेको तर्फबाट १५ थान स्वेटर सहयोग गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *