हेटौँडा, साहित्य सङ्गम मकवानपुर र आँचल साहित्य कला पुञ्जको संयुक्त आयोजनामा ३५७ औं नियमित सन्ध्या, अप्सरा तिमल्सिना स्मृति विशेष र अक्षयकोष निर्माणार्थ सहयोगीहरूलाई सम्मान कार्यक्रम शनिबार हेटौँडामा भएको छ । सङ्गमका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिका ४ नम्वर वडा अध्यक्ष नवीन सिग्देलज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले भाषा साहित्यको उन्नयनमा निरन्तर लाग्ने र अप्सरा तिम्सिनाको स्मृति ग्रन्थ प्रकाशनमा सहयोग गर्ने साथै सङ्गमको अक्षयकोष निर्माणमा समेत साथ दिने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा स्वागत मन्तव्यआँचल साहित्य कला पुञ्जकि अध्यक्ष भावना सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम सङ्गमका उपाध्यक्ष सानु खनालले सञ्चालन गर्नुभएको थियो । प्रलेसका बागमती प्रदेश अध्यक्ष शान्तिप्रिय वन्दनाज्यूले दिवङ्गत साहित्यकार अप्सरा तिम्सिनाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा ३५७ औं नियमित सन्ध्याअन्तर्गत विजनेश सिग्देल,स्वस्तिका बानियाँ,मनोज मधुर,सानुभाइ विक,राजकुमार चौधरी ,शान्तिप्रिय वन्दना,देवराज खरेल,यश लामा,गोकर्ण लामा,जनार्दन खनाल ,राजकुमार लामिछाने ,निरा शर्मा, सावित्री ढुङ्गाना,सानु खनाल र तुलसी घिमिरेले रचना वाचन गरेका थिए । कार्यक्रमको तेस्रो चरणमा सङ्गमको साहित्यिक गतिविधि सञ्चालनको लागि सञ्चालित अक्षयकोष निर्माण अभियानमा सहयोग गर्नुहुने पछिल्लो समयका सहयोगी मनाहरूलाई सम्मान गरिएको छ। रमेशमोहन अधिकारी, भरत लौडारी, दीपक दाहाल, सीताराम दाहाल,मधु ढुङ्गाना,रिदम घिमिरे,रिना आचार्य,गोविन्द चौलागाईं,राजकुमार बिक,पुरुषोत्तम लामिछाने,केशव श्रेष्ठ ‘ज्योति’ र देवीराम लामालाई सम्मान गरेको हो ।
अनुपस्थित आदरणीय व्यक्तित्वहरुलाई अर्को कार्यक्रममा सम्मान गरिने छ। कार्यक्रममा साहित्यकार राजकुमार लामिछानेज्यूले रु १७,७१७र( सङ्गमको अक्षयकोष निर्माणका लागि सहयोग गर्नु भएको छ। यसरी सङ्गमको २०८० भाद्र २८ देखि सञ्चालित अक्षयकोष निर्माण अभियानमार्फत रु ८,२३,०७० रुपियाँ सङ्कलन भएको सङ्गमका अध्यक्ष बर्तौलाले जानकारी दिनुभयो। कार्यक्रममा अक्षयकोष निर्माणमा सहयोग गर्नेहरूमध्ये साहित्यसेवी आदरणीय मधु ढुङ्गानाज्यूले आफ्नो विचार राख्नु भएको थियो। कार्यक्रममा साहित्यकार तुलसी घिमिरेले संस्थाको निरन्तर प्रगति भएको र गुणात्मक कार्यक्रम भएकोमा खुसी प्रकट गर्नुभयो। कार्यक्रममा सङ्गमका सल्लाहकार सुबास खनाल, मुक्तिगोविन्द वैद्य, उमा मैनाली, राजुराम राउत, विशाल अधिकारी, उमेश तिमल्सिना, निरा शर्मा, सविता तिमल्सिना , निर्मला भ्लोन, केशव समर्पण, सुवास सजलगायतको आतिथ्य रहेको थियो ।






