नवराज वाईबाको नेतृत्वमा फोनिज मकवानपुर

हेटौंडा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा नवराज वाईबा सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले वाईबाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा सन्देश थिङ, सचिवमा मनिता राना, कोषाध्यक्षमा भुवन घलान, सहसचिवमा निशा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।

ADVERTISEMENT

सदस्यहरुमा जमुना थिङ, सम्झना थापामगर, भुपेन्द्र राना मगर, अन्जना न्यासुर, दिव्यदृष्टि लामा, नवीन चौधरी, रवीन्द्र वाईबा, विवेक सिन्तान सर्वसम्मत चयन हुनुभएको छ । फोनिज केन्द्रीय पार्षदमा कृष्ण सारु मगर, आदर्श थोकर, रन्जिता दङ्गोल, सुवर्णलाल श्रेष्ठ, उमेश राई सर्वसम्मत चयन हुनुभएको छ । फोनिजको प्रदेश पार्षद अशोकसुजन श्रेष्ठ, रुपा गुरुङ, जयराम मुक्तान, सुरेन्द्र थिके, राजकुमार स्याङ्बो, आशिष बल, प्रमोद कुमार राई सर्वसम्मत चयन हुनुभएको छ ।

छैठौं अधिवेशनको अवसरमा अग्रज पत्रकार मोहन संगामीलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ भने नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलाई बधाई पत्र प्रदान गरिएको छ । फोनिज मकवानपुरका निवर्तमान अध्यक्ष अशोकसुजन श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya