हेटौंडा, मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले एक चेपाङ परिवारलाई खाद्यान्नसहितका सामग्री सहयोग गरेको छ।
गाउँपालिका–१ का सुमनसिं प्रजाको घरधुरीमा दैनिक गुजारा गर्न गाह्रो भएको जानकारी पाएपछि पालिकाले राहत सामग्री उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार सुमनसिंको घरको अवस्था दयनीय रहेको र उनकी श्रीमती सुत्केरी भएकाले पालिकामा सहयोग माग आएपछि राहत प्रदान गरिएको हो।
पालिकाले चामल, दाल, तेल, नुन, त्रिपाल र कम्बल उपलब्ध गराएको छ। अध्यक्ष मल्लले सुमनसिंको घरपरिवार अत्यन्त कमजोर अवस्थामा रहेकोले आगामी दिनमा आवासको व्यवस्था गर्ने योजना समेत रहेको जानकारी दिए।






