उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसंग हेटौंडामा छलफल

हेटौंडा, मकवानपुर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसंग सोमबार हेटौंडामा छलफल कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय टोली हेटौंडा आएको थियो । मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संघको बारेमा जानकारी गराएका थिए । त्यसैगरी मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्ण कटुवालले बागमती प्रदेश सरकारसंग कृषिमा लगानी गर्न पर्याप्त बजेट रहेको बताए । उनले कृषि प्रविधि, उपकरण र कृषि सामग्रीमा प्रदेश सरकारले लगानी गरिदिए कृषि उद्यमीलाई सहज हुने बताए ।

छलफलमा नव प्रवद्र्धनलाई महिला उद्यमीसंग पनि जोड्नुपर्ने, कर, भ्याट, बीमा, बैंक कर्जा आदिमा व्यवसायीहरुलाई समस्या भइरहेको जस्ता विषयहरुमा चर्चा गरिएको थियो । उवासंघ चितवनका निवर्तमान अध्यक्ष चुन नारायण श्रेष्ठ, मउवासंघका उपाध्यक्ष उज्वल चौलागाई, कोषाध्यक्ष सन्तोष कुमार अर्याललगायतले मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button