हेटौंडा–१२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । बुधबार एक औपचारिक कार्यक्रमबीच उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले १२ नम्वर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।

ADVERTISEMENT

कार्यक्रममा मेयर लामालेबालबालिकाको क्षेत्रमा उपमहानगरले लगानी गरिरहेको बताइन् । उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत पूर्वाधारको क्षेत्रलाई उच्च प्राथमिकतामा राखी उपमहानगरले लगानी गरिरहेको बताइन् । उनले आजको बालबालिका नै राष्ट्रको भविष्य भएको उल्लेख गरिन् ।

विभिन्न सूचक पूरा गरेसँगै उक्त वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष अर्जुनप्रसाद तिवारीले जानकारी दिए । ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ वडालाई बालमैत्री वडा घोषणा गरिएको उनको भनाई छ । कार्यक्रममा उपप्रमुख राजेश बानिँया, विभिन्न वडाका वडा अध्यक्षहरु लगायतको आतिथ्यता रहेको थियो ।

सो अवसरमा विभिन्न क्षेत्रबाट वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणामा सहयोग पुर्याएको भन्दै हेटौंडा उपमहानगरपालिका, जिल्ला समन्वय समिति मकवानपुर, माइती नेपाल मकवानपुर, मामाघर नेपाललगायतका संस्थालाई प्रसंशा पत्र प्रदान गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *