भोलिबाट थाहानगरमा थाहा गोल्डकप फुटबल प्रतियोगिता

हेटौंडा/उत्तरी मकवानपुरमा भोलि मङ्गलबारबाट चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा १८ वटा टिमले सहभागीता जनाएका छन् ।

ADVERTISEMENT

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको जन्मोत्सवको अवसर पारेर हरेक वर्ष पुस २६ गते प्रतियोगिता आयोजना हुँदै आइरहेको छ । थाहा गोल्डकप फुटबल प्रतियोगिता थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा विजेताले नगद २ लाख र उपविजेता टिमले नगद १ लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । खेलको प्रत्येक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya