रेडियो मकवानपुरको स्वास्थ्य शिविरमा १४४ ले लिए सेवा

हेटौंडा, रेडियो मकवानपुरले मकवानपुरगढी ४ मा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १४४ जनाले सेवा लिएका छन् । रेडियोको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थको २७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मकवानपुरगढी ४ को ठेकीचोकमा आयोजित स्वास्थ्य शिविरमा १४४ जनाले स्वास्थ्य परीक्ष्ण गरेका हुन् ।

ADVERTISEMENT

हेटौंडा ६ मा रहेको सिद्धस्थली ग्रामीण अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर भएको हो । शिविरमा विशेषगरी प्रेसर र सुगरका बिरामीको परीक्षण गरिएको थियो । अन्य विरामीले समेत आफ्नो स्वास्थ्य जाँच गराएका थिए । रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका व्यवस्थापक गोमा गौतम, स्थानीय समाजसेवी सर्कलाल लो, रेडियो मकवानपुरका पोष्टराज अधिकारी कुमार लगायतले मन्तव्य व्यक्त गरेका थिए । सामुदायिक रेडियो हुनुको कर्तव्य पूरा गर्ने क्रममा प्रत्येक वर्ष सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष पराजुलीको भनाई थियो ।

आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै उनले बताए । अस्पतालका व्यवस्थापक गौतमले रेडियोसँग सहकार्य गर्दै स्वास्थ्य शिविरको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य जारी राख्ने बताइन् । रेडियोले १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विविध कार्यक्रमको आयोजना गरिरहेको छ । आइतबार हेटौंडाको एक विद्यालयलाई सेनेटरी प्याड हस्तान्तरण, २१ गते मिडिया कप फुट्सल प्रतियोगिता र २२ गते सामुदायिक सम्मान तथा सप्ताहव्यापी कार्यक्रमको समापन रहेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya