राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मकवानपुर तेस्रो

हेटौंडा, लमजुङ जिल्लामा सम्पन्न प्रथम मेयर कप मध्यनेपाल राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा मकवानपुरे टोली तेस्रो भएको छ ।

ADVERTISEMENT

मकवानपुरबाट इच्छा बिष्टले दोहोरो स्वर्ण पदक प्राप्त गरिन् भने आरुषी पराजुली र आरुस थापा ले एक/एक स्वर्ण र एक÷एक कास्य पदक प्राप्त गरे । प्रतियोगितामा सहभागी आदित्या ढकाल, प्रिन्सप ढकाल र सौगात डिमडुङले स्वर्ण पदक प्राप्त गरे ।
मकवानपुरे खेलाडी श्रीयान्सी पोख्रेलले रजत पदक प्राप्त गर्दा समृद्ध भण्डारी, प्रतीक तिमल्सिना, आर्यन चौधरी, सागर डिमडुङ, जिदान बानियाँ, आशिष घिसिङ र निकूस त्रिपाठीले रजत पदक प्राप्त गर्न सफल भए ।

लमजुङ जिल्लाको भोर्लेटारमा आयोजना भएको यस राष्ट्रिय प्रतियोगितामा काठमाडौं प्रथम ररुपन्देही जिल्लाले दोश्रो स्थान रहन् सफल भएको थियो । मकवानपुर तेस्रो स्थानमा रहँदा चन्द्रागिरी टोली चौथो भएको थियो । १९ टीमको ४ सय ३४ जना खेलाडी सहभागी रहेको यस प्रतियोगितामा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशको अध्यक्ष खड्गबहादुर गुरुङ र सचिव तेज कु
वरको प्रतियोगिता आयोजनामा विशेष सहयोग रहेको थियो ।

ADVERTISEMENT

प्रतियोगितामा सहभागि हुन हेटौंडा उपमहानगरपालिकाले मकवानपुरे टोलीलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya