प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा शुभ कंशाकारको शतक प्रहार, मकवानपुर सेमीफाइनलमा

हेटौंडा, बागमती प्रदेश क्रिकेट संघको आयोजनामा जारी बागमती प्रदेशस्तरीय प्रधानमन्त्री कप क्रिकेट छनोट प्रतियोगितामा मकवानपुरका क्रिकेटर शुभ कंशाकारले शतक प्रहार गरेका छन् । आज भएको चितवन विरुद्धको खेलमा कंशाकारले ९६ बलको सामना गर्दै ११३ रन बनाए । उनले १० चौका र ७ छक्का प्रहार गरे ।

ADVERTISEMENT

टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले ४३ ओभरमा ९ विकेटको नोक्सानीमा २३६ रनको योगफल तयार पार्यो । मकवानपुरका लागि गौरभ खड्काले ३० रन र सक्षम बास्ताकोटीले पनि ३० रन बनाउन सफल भए । २३७ रनको लक्ष्य पछ्याएको चितवन २२८ रनमा अलआउट बन्यो । चितवनका गौतम केसीले ४६ रन, रोविन शर्माले ४४ रन, प्रशान्त महतले ४२ रन जोड्न सफल भए । मकवानपुरका रामनरेश गिरीले ३ विकेट, असिम श्रेष्ठ, साकार गुजरेल र विशाल फुयाँलले समान २ विकेट हात पार्न सफल भए । प्रतियोगितामा मकवानपुर ८ रनले विजयी भएको छ ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको समूह चरणको तीन वटै खेलमा जीत निकाल्दै मकवानपुर सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा शतक प्रहार गरेका शभ कंशकार खेलको म्यान अफ द म्याच घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *