बालेन्द्र शाहले लिए प्रधानमन्त्रीको शपथ

हेटौँडा,, बालेन्द्र शाहले प्रधानमन्त्रीको शपथ लिएका छन्। राष्ट्रपति निवास शीतल निवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनालई शपथ खुवाएका हुन्।

ADVERTISEMENT

पूर्वनिर्धारित समय १२ : ३४ मा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसपटकको शपथ समारोह फरक देखियो। शपथ ग्रहणमा ७ वटा शंखनाद भएको छ। त्यस्तै १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन गरेका छन् भने १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गराइएको थियो।

शपथ समारोहमा पाँच जना पूर्व प्रधानमन्त्री सहभागी भएका थिए। पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी राष्ट्रपति कार्यालय शीतल निवासमा भएको प्रधानमन्त्रीको शपथ समारोहमा सहभागी थिए ।

ADVERTISEMENT

पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya