नवयुवा सहकारीको १६ औँ वार्षिक साधारणसभा

हेटौंडा, हेटौंडा ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा शनिबार भएको छ । संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको सभाध्यक्षतामा तथा प्रदेश सहकारी विकास वोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्या रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा देवकोटाले सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेका समस्याहरुलाई हल गर्दै अगि बढ्नु पर्ने बताए । यस्तै उनले सहकारी क्षेत्रमा देखिएको समस्या र चुनौतीहरुलाई समाधानको निम्ति सबैले आआफ्नो ठाँउबाट आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए । यस्तै कार्यक्रममा सहकारीका अध्यक्ष फूलमान श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए । उनले प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको आर्थिक वर्ष २०८०/८१ को मुनाफा ५७ लाख ८३ हजार ७ सय ६५ रुपैयाँ रहेको बताए ।

संस्थाको शेयर पुँजी २ करोड ८४ लाख ४८ हजार रुपैयाँ रहेको छ भने सहकारीको कूल बचत निक्षेप रकम २३ करोड ७१ लाख ६१ हजार ९८० रुपैयाँ रहेको व्यवस्थापक नन्दलाल श्रेष्ठ राजेशले बताए । उनले सहकारीले १९ करोड ७५ लाख ५६ हजार ६२४ रुपैयाँ कर्जा लगानी गरेको बताए । संस्थामा २ हजार १ सय जना सदस्य आवद्ध रहेका छन् । कार्यक्रममा सहकारीको असल ऋणी, नियमित बचत, उत्कृष्ट बाल बचत, एकल महिला, जेष्ठ नागरिक बचत, पेन्सन बचत, नवयुवा विशेष बचत, मोबाइल बैंकिङ, साधारण बचत, बम्पर पुरस्कार लगाएत विविध विधाहरुमा उत्कृष्ट रहेकाहरुलाई पुरस्कृत समेत गरिएको थियो । यस्तै शिक्षा क्षेत्र तर्फ माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने श्रेयस बस्नेत, गृष्मा पुडासैनी र प्रनिज्ञा विडारीलाई पुरस्कृत गरिएको थियो भने संस्थाका निवर्तमान अध्यक्ष हिमप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, वडा सदस्य सञ्जय विडारी, संस्थाका संस्थापक अध्यक्ष गोकर्ण पराजुली, उद्योग, पर्यटन तथा सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना कुमारी चौरेल, नेफ्स्कुन फिल्ड उपसमिति सदस्य आशाकुमारी अधिकारी, बागेश्वरी महिला साकोसका सचिव विमला थापामगर, उपयोगी सहस्राब्दी साकोसका अध्यक्ष दिनेश विडारी, राष्ट्रिय सहकारी बैंकका प्रमुख रामेश्वर अर्याल, लेखा समिति संयोजक ध्रुवप्रसाद पराजुली लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya