हेटौंडा, ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो ।
मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ रन जोडे । युविन बुढाथोकीले ६८ बलमा २५ तथा रिजन ढकालले ३१ बलमा १६ रन जोडे । ललितपुरका लागि नन्दन यादवले ४, सुर्य तामाङले ३ तथा विपिन आचार्यले २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ४९.३ ओभरमा १ सय ९२ रनमा समेटियो । ललितपुरका लागि आदिल खानले ६४ बलमा सर्वाधिक ५५ रनमा समेटियो ।
सुर्य तामाङले ३३ बलमा ३६ तथा आशुतोष घिरैयाले ६३ बलमा २८ रन जोडे । मकवानपुरका लागि साकार गजुरेलले ४, समिर चौलागाईंले २ तथा रिजन ढकालले १ विकेट लिए । प्रतियोगितामा भक्तपुरका शौरभ सखलर्मी उत्कुष्ट ब्याटर भए । ललितपुरका सुर्य तामाङ प्रतियोगिताको उत्कृष्ट बलर तथा ललितपुरका नन्दन यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए ।







