शैक्षिक सुधारमा प्राथमिकता दिईएकाे: वडा अध्यक्ष सिग्देल

हेटाैँडा/हेटाैँडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले शैक्षिक सुधारलाई प्राथमिकता दिईएकाे नन्दस्थान टाेल विकास संस्थाकाे साधारणसभा उद्घाटन गर्दै बताउनु भएकाे छ ।

ADVERTISEMENT

हेटाैँडालाई शैक्षिक केन्द्रकाे रूपमा विकास गर्न आवश्यक रहेकाेले धेरै शैक्षिक संस्था रहेकाे र धेरै विध्यार्थी यस वडाका शैक्षिक संस्थामा अध्ययन गर्ने भएकाेले शैक्षिक गुुणस्तर कायम गर्न ४ नं. वडाले  ध्यान दिएर अभियान सञ्चालन गरिरहेकाे बताउनु भयाे । विध्यालयकाे गुणस्तर सुधार्न स्थानीय सरकारले प्रत्यक्ष रूपमा ध्यान दिनपर्ने र प्रयाप्त लगानी गर्नुपर्ने उहाँकाे जाेड थियाे । विकासमा जनताकाे लागि भएकाेले विकासमा जनसहभागिता र परिचालन महत्व पूर्ण हुने भन्दै वडालाई व्यवस्थित सुविधा सम्पन्न बस्ती र व्यवसायिक शहर बनाउन सबै तहकाे सरकारसंग समन्वय गरिरहेकाे, खेलकुद क्षेत्र अगाडि बढाउन र धार्मिक पर्यटनकाे रूपमा वडालाई विकास गर्न विशेष ध्यान दिएकाे बताउनु भयाे ।

सामाजिक रूपान्तरणकाे लागि सबै खाले विभेद, विकृति र हिँसा अन्त्य गर्ने र हरियाली र उज्यालाे वडा बनाउन सामाजिक अभियान सञ्चालन गर्नुकाे साथै भाषा, संस्कृति र साहित्यलाई जनस्तरमा पुर्याउन वडा कार्यालय लागि परेकाे उहाँकाे भनाई थियाे । साधारणसभाले पुन: देवकुमारी ढकालकाे अध्यक्षतामा  उपाध्यक्ष उत्तरा कुमारी रूपाखेती, सचिव किसाेर दुलाल, सहसचिव निर्मल श्रेष्ठ र काेषाध्यक्ष उत्तम थापा सहित ९ सदस्यीय कार्य समिति चयन गरेकाे बताईएकाे छ । कार्यक्रममा हेटाैँडा उपमहानगरपालिका सामुदाय परिचालन प्रमुख गंगा चाैलागाई, अरनिकाे टाेल विकास संस्थाका अध्यक्ष बीरेन्द्र ढुङ्गाना, संस्थाका प्रमुख सल्लाहकार उत्तम शर्मा ढकाल सल्लाहकार राम श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम टाेल विकास संस्थाका अध्यक्ष देवकुमारी ढकालकाे अध्यक्षतामा भएकाे हाे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya