सहकारीमन्त्री श्रेष्ठको सय दिनको प्रतिवेदन सार्वजनिक

हेटौंडा, बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । शुक्रवार हेटौंडा–११ स्थित मन्त्रालयको सभाहलमा मन्त्री श्रेष्ठले पत्रकार सम्मेलन मार्फत आफूले मन्त्रालय सम्हालेपछि सय दिने प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

ADVERTISEMENT

गत मंसिर साउन ९ मा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नियुक्त गरेका मन्त्री श्रेष्ठले गत मंसिर ७ गते मात्र जिम्मेवारी पाएका थिए । मन्त्री श्रेष्ठका अनुसार सहकारी व्यवस्थापन तथा सेवा प्रवाहलाई सहज र प्रभावकारी मन्त्रालयले सफट्वेयरको निर्माणको तयार भइरहेको छ ।

सहकारीहरूमा देखिएका वित्तीय तथा व्यवस्थापकीय संकट समाधानका लागि मन्त्रालयले सञ्चालक तथा पदाधिकारीहरूसँग निरन्तर छलफल गरिरहेको र समस्या देखिएका सहकारीबाट बचतकर्ताको बचत फिर्ता, व्यवस्थापन लगायतका विषयमा ठोस कार्ययोजना निर्माण गरी पेस गर्न निर्देशन गरिएको मन्त्री श्रेष्ठको भनाई छ । मन्त्री श्रेष्ठको सय दिनको उपलब्धिको रूपमा ३ सहकारीलाई समस्याग्रस्त घोषणालाई लिइएको छ । मन्त्री श्रेष्ठले गत पुस २८ गतेको निर्णय गर्दै नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ र सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड ललितपुरलाई समस्याग्रस्त सहकारी घोषणा गरेको बताए । यसअघि दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ र सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौँ समस्याग्रस्त सहकारी घोषणा भइ व्यवस्थापनको काम भइरहेको उनले बताए ।

ADVERTISEMENT

सहकारी महाशाखा हेटौंडामा प्राप्त उजुरीको आधारमा ११ वटा सहकारी संस्थाका सञ्चालकहरूलाई बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको मन्त्री श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *