जेठ १६ गतेदेखि हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

सुजन ढकाल

ADVERTISEMENT

हेटौंडा, यही जेठ १६ गते हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौंडाका अध्यक्ष प्रताप विष्टले जेठ १६ गते देखी हेटौंडामा राष्ट्रिय भलिबल हुन लागेको बताए । प्रतियोगितामा दश टोलीले नाम दर्ता गरिसकेको भन्दै अध्यक्ष विष्टले प्रतियोगितामा पुरस्कार सहित करिब २५ लाख खर्च हुने अनुमान रहेको बताएका छन् ।

प्रतियोगितामा विजेताले दुई लाख नगद सहित ट्रफि र मेडल प्राप्त गर्ने छन् भने उपविजेताले एक लाख नगद सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष विष्टले बताए । प्रतियोगिताको सेमी फाइनलमा पुग्ने दुई टिमलाई नगद ५० हजार सान्त्वना पुरस्कार प्रदान गर्ने जनाइएको छ । खेलको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

ADVERTISEMENT

प्रतियोगितालाई हेटौंडा उपमहानगरपालिका, प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश, हेटौंडा १९ र ३ नम्बर वडा कार्यालय सहयोगीको रुपमा रहने आयोजकले जनाएको छ । यस वर्ष पुरुष तर्फको राष्ट्रिय खेल भएता पनि आगामी वर्षदेखी महिलाहरुको पनि प्रतियोगिता गरिने मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाले बताए ।

प्रतियोगितामा नेपाल आर्मी, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, मकवानपुर जिल्ला भलिबल संघ, बागमती प्रदेश भलिबल टिम, मधेश प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङ्जा र पाथिभरा भलिबल टिम झापाको प्रतिस्पर्धा रहने सिटौलाले बताए ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, कार्यालय प्रमुख माधव कोइराला, हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाको उपस्थिती रहेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya