आगलागीले घर गोठ जलेर नष्ट

हेटौंडा, मकवानपुरको मकवानपुरगढीमा आगलागी हुँदा घरगोठ जलेर नष्ट भएको छ । मङ्गलवार बिहान आगलागी हुँदा मकवानपुगढी गाउँपालिका –२ बासपानीका कृष्णबहादुर दर्लामी मगरको घरगोठ जलेर नष्ट भएको हो । करिब साढे ९ बजेतिर घरमा खोले पकाउन बालेको आगोले घर जलेको वडा २ का अध्यक्ष बखान सिं पाख्रीनले बताए । मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घर थियो । खाना पकाउनको लागि बालिएको आगाले घर नै नष्ट भयो, अध्यक्ष पाख्रीनले भने ।

ADVERTISEMENT

आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढी मकवानपुरबाट प्रहरी निरीक्षक वीरेन्द्र रायमाझीको कमाण्डमा प्रहरी टोली,बारुणयन्त्र कर्मी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको अध्यक्ष पाख्रीनले बताए । आगलागीबाट मगरको घर पुर्ण रुपमा क्षती भएको भएको छ भने अचल सम्पतिहरु जलेर नष्ट भएको उनले बताए ।

आगलागी पिडित मगरका अनुसार घरमा रहेको धान १५ मुरी, चामल १ बोरा, आलु ४ बोरा, सुनको तिलहरी, झुम्का, हातको बाला, बच्चाको कल्ली बाला गरी अन्दाजी ५ तोला सुन, लत्ताकपडा र भाडावर्तन गरि दश लाख भन्दा बढीको क्षति भएको अध्यक्ष पाख्रीनले बताए । आगलागीबाट मानवीय र चौपाया क्षती नभएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *