हेटौंडा, समाज सुधार तथा संरक्षण केन्द्र हेटौडाको आयोजनामा हेटांैडामा अचार बनाउने ३ दिने तालिम बुधबारबाट हेटौंडा–८ मा शुरु भएको छ ।
समाज सुधार तथा संरक्षण केन्द्रकी अध्यक्ष टीकाकुमारी बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्य लक्ष्मि श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका उपाध्यक्ष गंगा प्रसाद पौडेल, प्रशिक्षक गौरी कुमारी बिष्टले तालिममा सिकेका कुरालाई व्यवसायीक रुपले अगाडी बढाउन सके मात्र तालिमको सार्थकता हुनेमा जोड दिएका थिए । बैशाख १५ गतेसम्म सञ्चालन हुने तालिममा १७ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ ।







