जेसीजको राष्ट्रिय उपाध्यक्षमा पालुङका संगम बिजयी, महासचिवमा हेटौंडाका विकेशलाल मनोनित

हेटौंडा, नेपाल जेसीज बर्ष २०२५ को राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्की बिजयी भएका छन् । सुनसरी जिल्लाको इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशन अन्र्तगत सोमबार भएको निर्वाचनमा कार्की ९५८ मतसहित बिजयी भएका हुन् ।

ADVERTISEMENT

कार्की संगै सन्दिप खत्री, दीपक अधिकारी, धनराज कडेंल, सुजन थापा, बबिता पाण्डे, अभिशेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुबाश गौतम, राघब कोइराला, मनिप्रसाद अर्याल उपाध्यक्ष पदमा निर्वाचित भएका निर्वाचन आयुक्त बिकास मानन्धरले जानकारी दिए । राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएपश्चात कार्कीले युवालाई उद्यमशील बनाई स्वदेशमै आत्मनिर्भर बनाउन नेपाल जेसीज मार्फत राज्यलाई आग्रह गर्ने बताए ।

कार्कीले समाजको विकासका लागि युवा महत्वपूर्ण शक्ति भएकोले युवालाई आत्मनिभर बनाउने विविध कार्यक्रमहरु सञ्चालन गर्न बिभिन्न संघ संस्था र सबै तहका सरकारसंग समन्वय गर्ने बताए । जेसीजको ५१ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२५ को लागि अध्यक्षमा निर्वाचित रजनी थापाले महासचिवमा हेटौंडाका विकेशलाल श्रेष्ठलाई मनोनित गरेकी हुन् । विकेश हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष हुन् ।

ADVERTISEMENT

विकेश मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, लायन्स क्लब अफ हेटौंडा मुक्तिनाथका पूर्व अध्यक्षसँगै विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *