मकवानपुरे खेलाडी रिजन चम्किँदा बागमतीको सहज जित

हेटौंडा, बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज कर्णाली प्रदेशलाई ९ विकेटले‌ हराएको छ। बागमतीले ५९ रनको लक्ष्य ६.३ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो।

ADVERTISEMENT

टोलीका ओपनर आशुतोष घिरइया १९ र शुभ कंसाकारले १६ नटआउट रहे‌। अर्का ओपनर इशान पाण्डेले सर्वाधिक २२ रन जोडे। त्यसअघि रिजन ढकाल र सूर्य तामाङले ९ विकेट लिएपछि कर्णाली १९.१ओभरमा अल आउट हुँदै ५८ रन मात्र बनाउन सक्यो। दाङ लमहीको देउखुरी क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ रोजेको थियो। रिजनले ८.१ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ५ विकेट लिए।

सूर्यले ७ ओभरमा २ मेडन राखेर १७ रन दिदैं ४ विकेट हात पारे । रिजन प्लेयर अफ दि म्याच घोषित भए।
कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक १५ रन बनाए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
दुवै टोली पिएम कपको फाइनल दौडबाट बाहिरिसकेको छन् । बागमती ८ खेलमा‌ चौथो जितपछि ८ अंकसहित तालिकाको चौथो स्थानमा छ। समान खेलमा‌ समान अंकसहित कर्णाली पाँचौं स्थानमा छ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *