इन्द्रसरोवरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा, मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–५ कुवामा एकजनाको वृद्धा महिलाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

ADVERTISEMENT

मृत्यु हुनेमा सोही स्थान बस्ने ७० बर्षीया कान्छीमाया घलान रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय मकवापनुरका अनुसार चखेल मातातिर्थ सडक खण्डअन्तर्गत् काठमाडौंबाट चखेलतर्फ आउँदै गरेको बा। ख ७२७२ नम्बरको बसमा कान्छीमाया याक्रा गरि आएकी थिइन् । इन्द्रसरोबरका कुवामा बसबाट ओर्लने त्रममा चालकले बस अगाडी बडाउँदा उनी लड्न पुगेकी थिइन् । सोही क्रममा बसको टायरले उनलाई ठक्कर किचेर गम्भीर घाइते बनाएको थियो ।

उनको उद्धार गरी ट्रमा सेन्टर काठमाडौं पठाइएको अवस्था गम्भीर भएपछि थप उपचारका लागि बि एण्ड बि अस्पताल काठमाडौं पठाइएको थियो । उनको उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक सोही स्थानका २६ वर्षीय राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya