आधारभूत सहकारी संस्थाको अध्यक्षमा स्वागतराज प्याकुरेल

हेटौंडा/हेटौंडा- ७ मा रहेको आधारभूत बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा स्वागतराज प्याकुरेल चयन भएका छन् । शनिबार भएको सहकारीको ११ औँ वार्षिक साधारणसभा सभाबाट नयाँ सञ्चालक समिति चयन भएको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा केदार अर्याल, सचिवमा महेश ढकाल र कोषाध्यक्षमा सम्झना खनाल अधिकारी चयन भएका छन् । यसैगरी सदस्यमा हरिहर अर्याल, जयराम दाहाल, अर्जुनप्रसाद श्रेष्ठ र केशव अर्याल चयन भएका छन् । संस्थाको लेखा समिति संयोजकमा गोविन्दप्रसाद अर्याल रहेका छन् ।

संस्थाका अध्यक्ष बासुदेव कटवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ नम्वर वडा कार्यालयका अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *