हेटौंडा, सुन्दर सामूदायिक वन उपभोक्ता समुहको २७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । समुहका अध्यक्ष खेमबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख शिव सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष रानाले प्रस्तुत गरेका थिए भने आय व्यय कोषाध्यक्ष आनन्द ढकालले प्रस्तुत गरेका थिए । समूहको आर्थिक वर्ष २०७८/२०७९ को संचित कोष (बचत) ९६ हजार ७ सय ७६ रुपैयाँ रहेको छ ।
वनको डढेलो नियन्त्रणमा कार्यक्रमा सक्रिय भई कार्य गर्ने शम्भु न्यौपाने, अर्जुन सन्जेल, राजेन्द्र श्रेष्ठ, प्रेम सञ्जेल, अविन काफले र साइली माया थोकरलाई सम्मान गरेको थियो ।
त्यसैगरी उत्कृष्ट कार्य गर्ने समूहका सदस्य बुद्धिप्रसाद पौडेल, वृद्ध अवस्थामा पनि कार्यमा सक्रिय सहभागिता जनाउने नैनाबहादुर थापा मगर, सावित्रिदेवी सुवेदीलाई पनि समूहले सम्मान गरेको थियो । समूहका हेटौंडा १ र २ नम्वर वडाका करिव २ सय ६८ घरधुरी आवद्ध रहेका छन् । समुहको २७ औँ वार्षिक साधारणसभाबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ ।







