हेटौँडा, गजल मञ्च मकवानपुरको अध्यक्षमा सञ्जित श्रेष्ठ चयन भएका छन् । शनिबार हेटौँडामा भएको गजल मञ्चको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशनबाट सञ्जितको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । गजल मञ्चको उपाध्यक्षमा हरिप्रसाद पौड्याल, सचिवमा कमल नेपाल, सहसचिवमा गौरी कँडेल, कोषाध्यक्षमा स्वस्तिका दाहाल चयन भएका छन् । यसैगरी सदस्यमा प्रविना प्रयासी र देव दुलाल चयन भएका छन् ।

गजल मञ्च मकवानपुरले दुईजना गजलकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा राम कार्की र तुलसी घिमिरे रहेका छन् । कार्यक्रममा पुरुषोत्तम आचार्य, इश्वर खड्का, राम कार्की, गौरी कँडेल, अनिल कोइराला, कमल नेपाल र संजित श्रेष्ठले गजल वाचन गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षता तथा सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।







