रानी सामुदायिक वनको वार्षिकोत्सवमा आठ जना सम्मानित

हेटौंडा/ हेटौडा-६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
समूहले वार्षिकोत्सवको अवसरमा विभिन्न विधाका उत्कृष्ट उपभोक्ताहरुलाई सम्मान गरेको छ । उत्कृष्ट उपभोक्ताहरुमा मकवानपुरगढी-४ का खिलप्रसाद चौलागाई, हेटौडा-६ का हरिप्रसाद खतिवडा र रामहरि राई, उत्कृष्ट कृषकमा हेटौडा-६ का सुमन अधिकारी रहेका छन । यसैगरि उत्कृष्ट कृषकमा हेटौडा-६ का विष्णु बहादुर बास्तोला, नसरी तथा फलफूलमा हेटौडा-६ की अमुना सापकोटा, सिलाइकटाईमा हेटौडा-६ की शोभा श्रेष्ठ र सरसफाईमा हेटौडा-६ का रविलाल गौतमलाई सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

हेटौडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षतामा वार्षिकोत्सव कार्यक्रम भएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, राप्ती मनहरीका सहायक वन अधिकृत शम्भु तामाङ, समूहका सल्लाहका कृष्ण बिडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, न्यूरेनी चिसापानी सामुदायिक वनका उपाध्यक्ष रामचन्द्र अधिकारी, चित्रेपानी सामुदायिक वनका उपाध्यक्ष घनप्रसाद सापकोटा, समूहका उपाध्यक्ष केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल लगायकतको उपस्थिति थियो ।

कार्यक्रममा समूहद्वारा गठित विभिन्न महिला समूहले आर्थिक प्रतिवेदन पेश गरेका थिए । कार्यक्रमको अवसरमा महिला समूहलाई सहयोग गर्ने समूहकी सचिव नानीमाया रुम्वा र कार्यालय सचिव भीमसेन पौडेललाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *