ध्रुवको नेतृत्वमा मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ

हेटौैडा, मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको तेस्रो अधिवेशनले रोयल प्यालेस हेटौंडाका संचालक ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

ADVERTISEMENT

त्यस्तै, समितिको उपाध्यक्षमा मदनकुमार पोखरेल, महासचिवमा ज्ञानेन्द्र अधिकारी, कोषाध्यक्षमा देबु प्रसाद चौलागाईं चयन हुनुभएको छ। सदस्यहरूमा पारसमणि थिङ, राजेश कुमार शर्मा, अनिस वाग्ले, रिजन बर्तौला, प्रमोद उप्रेती, सन्दीप ढुङ्गाना, महेश ठकुरी र विवेक मानन्धर चयन हुनुभएको हो ।

मकवानपुर पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघका अध्यक्ष दीपक सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अध्यक्ष तेबिन्द्र रत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद पान्डे, केन्द्रीय सदस्य चेतनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *