हेटौंडामा मनाइयो विश्व प्रेस स्वतन्त्रता दिवस

हेटौँडा, हेटौंडामा प्रभातफेरी गरेर शनिबार ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा प्रभातफेरी कार्यक्रमको आयोजना गरेर प्रेस स्वतन्त्रता दिवस मनाइएको हो । हेटौंडाको स्कुलरोडबाट सुरु भएको प्रभातफेरीको र्यालीले बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ भएर फेरी लोकतान्त्रिक चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

ADVERTISEMENT

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायत मकवानपुरका सक्रिय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

हरेक वर्ष ‘मे’ ३ तारिखका दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे’ ३ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *