हेटौंडा, मकवानपुरको राक्सिराङमा विहीबार बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा राक्सिराङ–४ का ४० बर्षीय सन्चलाल घलान, १२ वर्षीय बिक्रम घलान, २१ बर्षीया सानुमाया घलान, १६ वर्षीया सुनिता घलान, स्थानीय संगिता थिङको ३ महिनाको नाबालक र २४ वर्षीय सुकलाल गोम्बा रहेका छन् । उनीहरूलाई मनहरीमा प्राथमिक उपचार पछि थप उपचारको लागि भरतपुर पठाईएको छ ।
बोलेरोमा ८ जना सवार मध्ये ६ जना घाइते भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।मकवानपुर राक्सिराङ–५ चौतारामा चैनपुरबाट राक्सिराङको बंकिङ चौतारातर्फ जादै गरेको ना ४ च ४२७३ नम्बरको यात्रु र सामान बोकेको बोलेरो जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।