हेटौँडा, मकवानपुर प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ। हेटौँडा–१० बसपार्कमा डेरा गरी बस्दै आएका विकास तामाङको कोठाबाट १३१ बोतल वनरेक्स लागूऔषध फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, तामाङले कोठाबाट लुकाएर लागूऔषध बेच्दै आएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा दराजभित्र जेब्रा झोलामा लुकाइराखिएको अवस्थामा एक सय मिलिलिटरको १३१ बोतल वनरेक्स बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।






