हेटौंडा/हेटौंडा जेसीजको वर्ष सन् २०२३ को लागि अध्यक्ष पदमा श्रवणकुमार वर्तौला सर्वसम्मत चयन भएका छन् । अध्यक्षका अर्का आकांक्षी पंकज कुमार बनियाँले शनिबार बिहान उम्मेदवारी फिर्ता लिएसँगै बर्तौला सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन आयुक्त राजदेव बनियाँले जानकारी दिए ।
हेटौंडा जेसीजको कार्यकारिणी उपाध्यक्ष पदमा विकेशलाल श्रेष्ठ र अमृत बर्तौला निर्वाचित भएका छन् । विकेशलाल श्रेष्ठले ८१ मत , अमृत बर्तौलाले १२६ मत, विवेक आनन्द न्यौपाने ६४ मत र संगीत श्रेष्ठले १७ मत प्राप्त गरेका थिए ।
शुक्रबार भएको निर्वाचन प्रक्रियामा उपाध्यक्षतर्फ ४ जना सर्वसम्मत निर्वाचित भएका थिए । उपाध्यक्षमा सन्तोष पराजुली, मिलन ढकाल, सञ्जय न्यौपाने र राजुप्रसाद श्रीवास्तव सर्वसम्मत चयन भएका छन् ।







