पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

हेटौँडा, यही जेठ ४ गतेबाट हेटौंडामा आयोजना हुने तेस्रो संस्करणको पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

ADVERTISEMENT

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडा र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका छन् । खेल तालिका अनुसार समूह ‘क’ मा बकैया गाउँपालिका, बागमति गाउँपालिका, हेटौँडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिका रहेका छन् भने समूह ‘ख’मा थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका रहेका छन् । जेठ ४ गते हुने उद्घाटन खेलमा हेटौँडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकाबीच हुने छ ।

जेठ ६ गतेसम्म हेटौंडाको हुप्रचौरमा प्रतियोगिता आयोजना गर्न लागिएको प्रतिष्ठानका महासचिव समेत रहेका भलिबल संघका अध्यक्ष सिटौलाले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख, उपविजेताले ८० हजार र सेमिफाइनलमा पुग्ने अर्को दुइ टिमले समान ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ७ हजार तथा अन्य विधागत उत्कृष्टले जनही नगद ४ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गर्नेछन् । पालिकास्तरीय भलिबल प्रतियोगिताको लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *