हेटौँडामा दुईदिने सीप महोत्सव आयोजना हुने

हेटौँडा, बागमती प्रदेश उद्योग परिसंघ तथा सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा हेटौँडामा पहिलो पटक २ दिने सीप महोत्सव आयोजना हुने भएको छ । सीप विकाससँग सम्बन्धित विविध आयामहरूको बारेमा उजागर गर्ने अभिप्रायका साथ यही असार १२ र १३ गते हेटौँडामा सीप महोत्सव आयोजना गर्न लागिएको शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिईएको छ ।

ADVERTISEMENT

‘हेटौँडामा पहिलो पटक २ दिने सीप महोत्सव आयोजना गर्न लागेका छौँ ।’ बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेलले भने –‘नीजि क्षेत्रको नेतृत्वमा सीप, दक्षता प्रदर्शन तथा वृत्ति परामर्श, उद्योग भ्रमण र अनुभव साटासाट गर्ने अभिप्रायका साथ आयोजना गर्न लागिएका हौँ ।’ दुई दिने सीप महोत्सव कार्यक्रममा बागमती प्रदेशस्तरीय सीप प्रतियोगिता, साइकोमेट्रिक परीक्षण, विद्यार्थी तथा युवाहरूलाई समूहमा वृत्ति परामर्श सहित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र वृत्ति मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण, सीप सिकाइ र प्रदर्शन, विद्यार्थीहरुलाई उद्योग भ्रमण, प्यानल डिष्कसन, सम्मान कार्यक्रम सञ्चालन हुने उनले बताए ।

मकवानपुर, चितवन, काठमाडौं, काभ्रेपलाञ्चोक जिल्लाका १८ वटा अप्रेन्टिसीप कार्यक्रम सञ्चालन भएका शिक्षालयमध्ये सूचना प्रविधि, अटोमोबाइल र होटल व्यवस्थापन अध्यापन हुने ९ वटा शिक्षालयहरूबाट छनौट गरी प्रदेश स्तरीय सीप महोत्सवमा सहभागी गराइनेछ । प्रत्येक शिक्षालयबाट प्रथम र द्वितीय हुने विजेतालाई सम्बन्धित शिक्षालयबाट प्रशंसापत्र प्रदान गरिने बताइएको छ । महोत्सवमा तीन हजारदेखि पाँच हजारसम्मले अवलोकन गर्ने अनुमान गरिएको छ ।

ADVERTISEMENT

वि.सं. २०८० सालमा बागमती प्रदेश उद्योग परिसंघले रोजगारी मेला कार्यक्रम आयोजना गरेको थियो । दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना (इन्स्योर) दोस्रो, हेल्भेटास नेपाल र विभिन्न संघ संस्थाको सहयोगमा हेटौँडामा सीप महोत्सव आयोजना हुन लागिएको हो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya