वाणिज्य बैंकको वार्षिकोत्सवमा वित्तिय साक्षरता

हेटौंडा, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५९ औं वार्षिकोत्सवको अवसरमा वित्तिय साक्षरता कार्यक्रम भएको छ । वाणिज्य बैंक शाखा कार्यालय सानोपोखराको आयोजनामा हेटौंडा ११ मा वित्तिय साक्षरता कार्यक्रम भएको हो । मानव अधिकारको लागि महिला, एकल महिला समूहसँगको सहकार्यमा साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

ADVERTISEMENT

समूहका अध्यक्ष अप्सरा अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर सविन न्यौपाने, एकल महिला समूह जिल्ला अध्यक्ष शारदा चौलागाईं, शाखा प्रमुख विदुर ढकाल लगायतको आतिथ्यता थियो ।

पछिल्लो समय बैंकिङ ठगी, जालसाँझी लगायतका घटना बढेकोले यसको विषयमा आम सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले वित्तिय साक्षरताको आयोजना गरिएको बैंकका बरिष्ठ सहायक रोशन अर्यालले जानकारी दिए । कार्यक्रममा बैंकको उपयोग लगायतको विषयमा समेत जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि ११ नम्बर वडा अध्यक्ष दाहालले आफ्नो वडामा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा व्यक्त गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *