यू १६ क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मकवानपुर पराजित

हेटौंडा, यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा मकवानपुर पराजित भएको छ । मङ्गलबार भएको क्रिकेट प्रतियोगितामा भक्तपुरसँग मकवानपुर ५ विकेटले पराजित भएको हो ।

ADVERTISEMENT

सुरुमा ब्याटिङमा उत्रेको मकवानपुरका आशिक अधिकारी र रोहित ठाकुरले समान २५ रन बाहेक अरु खेलाडीलाई दोहोरो रन बटुल्न सकेनन । २५ ओभरमा अलआउट हुँदै मकवानपुरले १०९ रन बनायो ।

मकवानपुरलाई सस्तैमा समेट्नको लागि भक्तपुरको तर्फबाट विवेक यादवले ३ विकेट, समयम नेपालले र जेशन अधिकारीले समान २ विकेट लिन सफल भए । झिनो रनको लक्ष्य पाएको भक्तपुरले ५ विकेटको नोक्सानीमा १८ दशमलव ४ ओभरमै लक्ष्य भेट्टायो । भक्तपुरको लागि समयम नेपालले २९ रन, आकाशकुमार शाहले नटआउट २६ रन र रोहित शर्माले २० रन बनाए ।

मकवानपुरका लागि अमनकुमार यादवले २ विकेट, रोहित ठाकुर र रोशनकुमार यादवले समान १ विकेट लिए । प्रतियोगितामा भक्तपुरका समयम नेपाल म्यान अफ द म्याच घोषित भए । छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार मकवानपुरले काठमाडौंसँग प्रतिस्पर्धा गर्दै छ ।

बागमती प्रदेश टिमबाट फेरी राष्ट्रिय खेलाडी छनोट गरिनेछ। प्रतियोगितामा म्यान अफ दि म्याच, वेस्ट बलर, वेस्ट ब्याटर, म्यान अफ द सिरिजलाई पुरस्कारको व्यवस्था गरिएको छ। यू १६ इष्ट जोन कप बागमती प्रदेश छनोट क्रिकेट प्रतियोगिता भएपनि नाम भरतपुर मेयर बागमती प्रदेश अन्डर १६ क्रिकेट छनोट प्रतियोगिता राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *