शंकरज्योति विद्यालयलाई वाटर फिल्टर तथा डिस्पेन्सर सहयोग

हेटौँडा, हेटौंडा–११, सिमलटारस्थित शंकरज्योति माध्यमिक विद्यालयलाई टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको २५औं स्थापना दिवस तथा रजत महोत्सव–२०८२ को अवसरमा ईलेक्ट्रिक वाटर फिल्टर तथा डिस्पेन्सर प्रदान गरिएको छ।

ADVERTISEMENT

विद्यालय परिसरमा आयोजित विशेष समारोहका बीच समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले विद्यालयका प्रधानाध्यापक महेश रिजाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले शिक्षण संस्थामा स्वच्छ पिउने पानीको पहुँच हुनु विद्यार्थीहरूको स्वास्थ्य र सिकाइका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले समाज रुपान्तरणका विभिन्न आयाममा टोल विकास संस्था नगर समन्वय समिति निरन्तर क्रियाशील रहेको पनि उल्लेख गरे।

विद्यालयका प्रधानाध्यापक महेश रिजालले सहयोगप्रति आभार व्यक्त गर्दै भने, “स्वस्थकर पानी पिउन पाउनु विद्यार्थीहरूको आधारभूत अधिकार हो। यस किसिमको सहयोगले विद्यार्थीहरूको स्वास्थ्य र सिकाइ दुवैमा सकारात्मक प्रभाव पार्नेछ।”
कार्यक्रममा विद्यालयका शिक्षक रोशन पराजुली, समितिकी उपाध्यक्ष सति न्यौपाने, उप–सचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रावति पनेरू, तथा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता सामाजिक उत्तरदायित्वमूलक कार्यहरूको निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए। स्वास्थ्य, सरसफाइ, वातावरणीय संरक्षण, महिला सशक्तिकरण, साइबर सुरक्षाबारे जनचेतना र युवालाई लक्षित कार्यक्रमहरू सञ्चालन गर्दै आएको टोल विकास संस्था नगर समन्वय समितिको यो पहलले विद्यालय र समुदायबीचको सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *