हेटौंडा, हेटौडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट हेटौँडामा जिल्ला स्तरीय शिक्षक भलिबल प्रतियोगिता शुरू भएको छ । आज भएको उद्घाटन खेलमा भानु माध्यमिक विद्यालय मकवानपुरगढी विजयी भएको छ । हेटौंडा–५ मा रहेको ज्ञानोदय आवासीय माध्यमिक विद्यालयलाई २५–५ र २५–१६ को सोझो सेटले पराजित गर्दै भानु विजयी भएको हो ।
यसैगरी आज भएको दोस्रो खेलमा बागमती गाउँपालिकाको जनता मावि विजयी भएको छ । जनताले कृष्ण आर्दश इङ्लिस सेकेण्डरी विद्यालयलाई २५–१६ र २५–२३ को सोझो सेटले पराजित गर्न सफल भयो । यसैगरी आज भएको तेस्रो खेलमा जनज्योति माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा–१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयलाई २५–२२ र २५–१५ को सोझो सेटले पराजित गर्दै जनज्योति विजयी भएको हो । यसैगरी आज भएको चौथो खेलमा बकैयाँ गाउपालिकाको महेन्द्र माध्यमिक विद्यालय विजयी भएको छ । हेटौंडा क्याम्पसलाई २५–५ र २५–९ को सोझो सेटले पराजित गर्दै महेन्द्र विद्यालय विजयी भएको हो ।
आज भएको पाचौँ खेलमा शारदा मावि आमभञ्ज्याङ विजयी भएको हो । शारदाले नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयलाई २५–१६ र २५–८ को सोझो सेटले पराजित गरेको हो । आज भएको छैठौँ खेलमा जीएस निकेतन माध्यमिक विद्यालय विजयी भएको छ । जीएसले जनजागृति मावि बकैयाँलाई २५–१६ र २५–११ को सेटमा पराजित गरेको हो । आज भएको सातौँ खेलमा बाघभैरव मावि विजयी भएको छ । श्रमिक माविलाई २५–१० र २५–१८ को सोझो सेटले पराजित गर्दै बाघभैरव विजयी भएको हो । यसैगरी आज भएको आठौँ खेलमा जनक मावि भिरकोट विजयी भएको छ । बज्रबाराही मावि टिस्टुङलाई २५–१९ र २५–२२ को सेटले पराजित गर्दै जनक विजयी भएको हो । यसैगरी महेन्द्र मावि छतिवन र भुटनदेवी मावि विचको खेलमा पहिलो सेट महेन्द्र मावि विजयी भएता पनि अध्यारोको कारणले गर्दा उक्त खेल पुनः भोलि बिहान खेलाइने प्रतियोगिताका संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाको २६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार रुपैयाँ र दोस्रो हुने टिमलाई नगद १५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको सेमिफाइनल संस्करणमा पराजित दुई टिमलाई नगद पाँच हजार रुपैयाँ प्रदान गरिने छ । यसैगरी प्रतियोगितामा उत्कृष्ट स्पाइकरलाई नगद २ हजार रुपैयाँ, उत्कृष्ट खेलाडीलाई नगद ३ हजार रुपैयाँ र उत्कृष्ट सेटरलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।






