हेटौंडामा दोस्रो ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुँदै

हेटौंडा, हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा दोस्रो संस्करणको ई–स्पोर्ट्स एरिना प्रतियोगिता साउन ७ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता सम्बन्धी जानकारी मंगलबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

ADVERTISEMENT

विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीका अनुसार प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनु पर्नेछ। प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहनेछ। पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ भने प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीहरूको सहभागिता रहने उनले जानकारी दिए ।

विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पहिलो पटक पुरस्कार राशिसहितको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्न लागिएको हो। कुल ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता नेपालमै कलेजस्तरबाट आयोजना हुने सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्ट भएको दाबी गरिएको छ। ई–स्पोर्ट्सप्रति बढ्दो युवापुस्ताको आकर्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

फ्री फायर खेलमा प्रथम हुने टोलीलाई नगद ११ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमलाई २/२ हजार रुपैयाँ प्रदान गरिने छ । पब्जी खेलमा प्रथम हुने टोलीले ८ हजार ५ सय रुपैयाँ, दोस्रोले ४ हजार रुपैयाँ, तेस्रोले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ। ई–फुटबल विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ भने टप गोलकर्तालाई १ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya