हेटौँडा, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ च्यानडाँडास्थित भित्री जंगलको बाटोबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार आज बिहान करिब १ः५० बजे प्रहरी चौकी बसामाडीबाट खटिएको टोलीले जंगलतर्फबाट गाँजा बोकेर ल्याउँदै गरेको समूह देखेपछि तत्काल घटनास्थल पुगेको थियो। प्रहरीलाई देखेपछि करिब ७८ जना व्यक्तिहरू बोकेको री त्यहीँ छाडेर फरार भएको जनाइएको छ।
प्रहरीले बरामद गरेको गाँजाको तौल २१२ किलो ८६० ग्राम रहेको छ। बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सुरक्षित राखिएको र फरार व्यक्तिहरुको खोजी कार्य तीव्र पारिएको मकवानपुर प्रहरीले जनाएको छ।






