हेटौंडा, मकवानपुरको मकवानपुरगढीमा मानव कंकाल फेला परेको छ । मकवानपुरगढी गाउँपालिका ८ बुढीचौर स्थित आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मृत मानिसको कंकाल फेला पारेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
मृत मानिसको कंकाल रहेकोले र पहिचान भने नभएको प्रहरीले जनाएको छ।स्थानियसंग बुझ्दा,उक्त वडाका कोही मानिस हराई बेपत्ता नरहेको बुझिएको छ। कपडा तथा कपाल हेर्दा पुरुषको कंकाल जस्तो देखिएको प्रहरीले जनाएको छ ।
घटनास्थल इलाका प्रहरी कार्यालय मकवानपुर गढीबाट अन्दाजी २५ किलोमिटर पूर्वतर्फ छ ।







