ग्रामीण सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता

हेटौंडा, मकवानपुरका दुरदराजका गाउँ पछिल्लो समय मोटरबाटोले जोडिने क्रममा रहेको छ । कतिपय गाउँ सडकसँग डेढ दशक अगाडि नै जोडिएका थिए भने कतिपय हालसालै जोडिएका छन् । कतिपय गाउँ भने अझै जोडिने क्रममा रहेको छ । मकवानपुरको जिल्ला सदरमुकाम हेटौंडा बजार आसपासका गाउँपालिकामा सडक पक्की बनेका छन् ।

ADVERTISEMENT

गाउँपालिका पुग्ने र बाक्लो वस्ती भएका गाउँका सडक पक्की भएका छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकै केही वडाका विकट गाउँमा सडक पक्की हुन सकेको छैन । थाहा नगरपालिकाका विकट गाउँको पनि उस्तै हालत छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका र राक्सिराङ गाउँपालिकाका केही सडक पक्की भएपनि विकट गाउँका सडक निकै कच्ची रहेको छ ।

जिल्लाको राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका धेरै सडक अझै कच्ची रहेको छ । ओहोरदोहोर गर्नका लागि स्थानीय वासिन्दाहरुले निकै सास्ती खेप्नुपरेको गुनासो छ । मकवानपुरका दुर्गम गाउँ त्यसमाथि साँघुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । कच्ची सडकहरुमा पनि ट्याक्टर र अटो त गुडेका छन् तर, निकै जोखिम रहेको मकवानपुरगढी ५ का श्याम बहादुर स्याङतानको गुनासो छ । मकवानपुरका विकट गाउँका स्थानीयबासीले सडकको स्तरोन्नतिको माग गर्दै आएपनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो छ । सडकको दुरावस्थाका कारण स्थानीय जोखिम मोलेरै यात्रा गरिरहेका छन् । गाउँमा सीमित सवारी साधान चल्ने हुँदा जोखिम मोल्न बाध्य भएको राक्सिराङ र कैलाश गाउँपालिकाका सर्वसाधारणको दुखेसो छ ।

केही वर्ष अघि नागरिकको सुविधाका लागि सडक खुलेपनि स्तरोन्नतिमा सरोकारवाला स्थानीय र प्रदेश सरकारको ध्यान नपुगेको कारण समस्या बेहोर्नुपरेको हो । सडक अप्ठ्यारो हुँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने समस्या हुनेगरेको छ । सडक राम्रो नहुँदा र ढुवानी महगो हुने र गाउँमा उत्पादन हुने कृषि उपज वस्तु बजार पु¥याउन पनि साह्रै समस्या भएको कैलाश गाउँपालिकाका रामबहादुर लो को भनाई छ । ‘दुर्गम गाउँ भए पनि धेरै वर्ष अगाडि यहाँ सडक सुविधा पुगेको हो । सडकले हामीलाई धेरै राहत दियो तर अहिलेसम्म स्तरोन्नति हुन नसक्दा दुःख पनि उत्तिकै पाइएको छ । हामीले स्थानीय सरकारलाई धेरै पटक यो सडक बनाउनका लागि माग ग¥यौँ तर अहिलेसम्म सुनुवाइ नै भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ, सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महँगो तिर्नुपर्ने अवस्था छ ।’

छोटो दुरीका सडक बन्दः सर्वसाधारणलाई सास्ती
बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक बन्द हुँदा सर्वसाधारणलाई सास्ती बनेको छ । हेटौंडाबाट भीमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले दुई महिनासम्मका लागि बन्द गरेको छ ।

Advertisement 5

वैकल्पिक सडकको रुपमा हेटौंडाबाट काठमाडौं जानका लागि हेटौंडा–कुलेखानी–मार्खु–चित्लाङ–थानकोट सडक र काठमाडौंबाट हेटौंडा फर्किंदा कान्ति लोकपथ खण्डबाट यातायात सञ्चालन भइरहेको छ भने सर्वसाधारणलाई यही वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।

सडकखण्ड अन्तर्गत भैंसे–भिमफेदी खण्ड, हेवी–कलंकी–हुमाने खण्ड, हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकखण्डको ठेक्का लगाएर निर्माणको कार्य भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *