हेटौँडा, हेटौँडा–३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः दिपक बर्तौला चयन भएका छन् । आज भएको सहकारीको ११ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट बर्तौलाको अध्यक्षतामा सात सदस्य सञ्चालक समिति निर्माण भएको हो ।
समितिको उपाध्यक्षमा सुष्मा दुलाल, सचिवमा दिपक शिवाकोटी, कोषाध्यक्षमा अनिल पाठक चयन भएका छन् । यसैगरी सदस्यमा इन्द्रबहादुर सिन्तान, सरिता शाही र निरज थापा मगर चयन भएका छन् । लेखा समितिको संयोजकमा देवी कुमारी थिङ रहेकी छिन् भने सदस्यमा शिला महत र गोकर्ण थापा रहेका छन् । निर्वाचन समितिको संयोजक बसन्तकुमार सिटौला रहेका थिए भने सदस्यमा राममणी बर्तौला र शिवराज बर्तौला रहेका थिए ।
संस्थाका अध्यक्ष दिपक बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाको सहकारी शाखा प्रमुख महेन्द्र चापागाईद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशिका बमोजिम प्रशिक्षण दिनुभएको थियो । ९९१ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको शेयर पुँजी ६६ लाख ७४ हजार ६ सय रुपैयाँ, कुल कर्जा लगानी ३ करोड ६२ लाख ९२ हजार रुपैयाँ रहेको छ ।







