प्रतियोगितामा पिप्ले शहरी स्वास्थ्य केन्द्र प्रथम

हेटौंडा, २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा मंगलबार हेटौंडामा हाजिरजवाफ प्रतियोगिता भएको थियो । हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाको आयोजनामा हेटौंडा उपमहानगरपालिकाको १९ वडाका स्वयम्सेविकाबिच प्रतियोगिता भएको थियो ।

ADVERTISEMENT

प्रतियोगितामा पिप्ले शहरी स्वास्थ्य केन्द्र प्रथम, नागस्वती शहरी स्वास्थ्य केन्द्र द्वितीय, मोहनबज्राचार्य शहरी स्वास्थ्य केन्द्र तृतीय र चुरियामाई स्वास्थ्य चौकी सान्त्वना हुन सफल भयो । प्रतियोगितामा प्रथम र द्वितीयले क्रमशः नगद २ हजार र १ हजार ५ सय रुपैयाँ प्रदान गरेको थियो ।

बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जनस्वास्थय निरिक्षक भोला चौलागाई, सि.अहेव केशव तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya