भीमफेदी-कुलेखानी सडकमा जीप दुर्घटना, ६ जनाको मृत्यु

हेटौँडा, मकवानपुरको भीमफेदी-कुलेखानी सडकखण्डमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी पुष्कर बोगटीका अनुसार आइतबार भीमफेदी गाउँपालिका-६ जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।

ADVERTISEMENT

‘६ जनाको मृत्यु भएको छ। पहिचान खुल्न बाँकी छ,’ उनले भने। साँझ सवा ५ बजेतिर जुरिखेतमा काठमाडौंबाट हेटौंडा जाँदै गरेको ना.१ज १७७८ नं. को जिप दुर्घटनामा परेको थियो। जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो। सुमोमा सवार ९ जनालाई उद्धार गरी हेटौंडा अस्पताल लगिएको थियो। त्यसमध्ये ६ जनाको मृत्यु भएको हो। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *