हेटौंडा, जनकपुरमा जारी मेयर कप टी–२० क्रिकेट प्रतियोगितामा मकवानपुर क्रिकेट टिम पहिलो चरणबाटै बाहिरिएको छ । आइतबार भएको बारा र रौतहटको खेलमा बारा ५३ रनले विजयी भएपछि मकवानपुर पहिलो चरणबाटै बाहिरिएको हो ।
जनकपुरमा भएको क्रिकेट प्रतियोगितामा मकवानपुर पहिलो खेलमा बारासँग २० रनले पराजित भएको थियो । त्यसैगरी दोस्रो खेलमा भने उत्कृष्ट खेल प्रदर्शनी गर्दै रौतहटलाई ५ विकेटको पराजित गरेको थियो । सेमिफाइनल प्रवेशको लागि मकवानपुरले आइतबारको खेलमा बारा र रौतहटको खेलको नतिजा कुर्नुपर्ने थियो । मकवानपुरे क्रिकेट टिममा शुभ कंसाकार, गौरभ खड्का, विशाल फुयाँल, सुमन सुनार, सक्षम बास्ताकोटी, रामनरेश गिरी, रिजन ढकाल, सुवर्ण भट्ट, अशिम श्रेष्ठ, रोहित शर्मा, सुमित वाग्ले, गोकुल अधिकारी, अस्तिक दाहाल र गौरभ क्षेत्री रहेका थिए भने सुमन सुनारले टिमको क्याप्टेन सुमन सुनारले सम्हालेका थिए ।
यसैगरी मकवानपुरमै भएको तीन दिवसीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पनि मकवानपुर क्रिकेट टिम चितवनसँग पराजित भएको थियो ।







