हेटाैँडामा नयाँखेल मैदान बनाईने

हेटाैँडा/हेटाैँडामा नयाँ सार्वजनिक मैदान निर्माणकाे तयारी भईरहेकाे छ । हेटाैँडा-४ स्थित भुटनदेवी माविकाे पूर्वी क्षेत्रमा खेल मैदान निर्माण गर्न लागिएकाे हाे ।

ADVERTISEMENT

विभिन्न खेलहरू फुटबल, भलिवल, क्रिकेट, बाँस्केटबल लगायतकाे खेलहरू सञ्चालन, सार्वजनिक कार्यक्रम सञ्चालन गर्न र नियमित व्यायम जस्ता विभिन्न क्रियाकलाप सञ्चालन हुने बहुउदेश्यीय मैदान निर्माण गर्न लागिएकाे हेटाैँडा ४ नं. वडा अध्यक्ष तथा विध्यालय व्यवस्थापनका अध्यक्ष नवीन सिग्देलले बताउनु भयाे । तत्काल मैदानकाे सरसफाई कार्य अगाडि बढाईएकाे र वडा, उपमहानगरपालिका, प्रदेश, संघीय सरकारकाे सहयाेग जुटाएर सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने उदेश्य रहेकाे अध्यक्ष सिग्देलले बताए ।


खेल मैदान निर्माण पश्चात् विभिन्न विध्यालय, क्लबहरूले विभिन्न खेलकाे आयाेजना गर्नसक्ने र संघ, संस्था, संगठन र दलहरूले विध्यालयकाे नितिभित्र रहेर कार्यक्रम आयाेजना गर्न सक्ने विध्यालयका प्रअ सूर्यप्रसाद घिमीरेले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *