हेटौंडा, मनहरी गाउँपालिका वडा नं. ३ डोढेमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने ५६ वर्षीय र्कणबहादुर ब्लोन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, ब्लोन गुम्बाबाट लेबर काम गरेर मादक पदार्थ सेवन गरी घर तर्फ फर्किने क्रममा घरबाट अन्दाजी ५० मिटर पश्चिम सडक छेउमा अचानक आफै लडेर मृत्यु भएको हो ।
उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







